
काठमाडौँ । विश्वमा कोरोना (कोभिड–१९) संक्रमितको संख्या १ करोड ६१ लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या १ करोड ६१ लाख ८९ हजार ५ सय ८१ पुगेको हो ।
यस्तै विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ लाख ४७ हजार ७ सय ८४ पुगेको छ भने ९३ लाख ४४ हजार ८ सय ८३ संक्रमित निको भएका छन्।
हालसम्म सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ४२ लाख २९ हजार ६ सय २४ पुगेको छ । त्यहाँ १ लाख ४६ हजार ९ सय ९ संक्रमितको मृत्यु भइसकेको छ।
ब्राजिलमा संक्रमित संख्या २४ लाख १९ हजार ९१ पुगेको छ भने ८७ हजार ४ को मृत्यु भइसकेको छ ।
यता भारतमा संक्रमित संख्या १३ लाख ८५ हजार ६ सय ८५ पुगेको छ भने ३२ हजार ६३ संक्रमितको मृत्यु भएको छ । रुसमा संक्रमित संख्या ८ लाख ११ हजार ७३ पुगेको छ भने १३ हजार २ सय ४९ संक्रमितकोे मृत्यु भएको छ।
