सुनको मुल्यमा फेरी नयाँ रेकर्ड, एकैदिन १२ सय रुपैयाँले बढ्यो

Share:

काठमाडौँ । सुनको मुल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ ।

आज एकैदिन तोलामा १२ सय रुपैयाँ बढेर सुनको मुल्य तोलाको ९७ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा ५ सय रुपैयाँ बढेर सुनको भाउ ९६ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको थियो ।

गएको शुक्रबार सुनको भाउ तोलामा ९५ हजार ८ सय, बिहीबार ९४ हजार ५ सय र बुधबार ९४ हजार रुपैयाँ तोकिएको थियो ।

यस्तै चाँदीको मूल्यमा पनि बृद्धि भएको छ । आइतबार प्रतितोला चाँदीको मूल्य १ हजार १५५ रहेको थियो भने आज मूल्य बृद्धि भइ प्रतितोला चाँदी १ हजार २ सय १० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: