पोखराका थप २ जनामा कोरोना पुष्टि, गण्डकीमा १२ सय बढी संक्रमण मुक्त

Share:

पोखरा । पोखरा महानगरका थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार कास्कीको पोखरा महानगरका २९ वर्षीय पुरुष र ३० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

यस सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ७७ पुगेको छ ।

निर्देशनालयका अनुसार आज ७ जना कोरोना संक्रमण मुक्त भइ घर फर्केका छन् । यस सँगै गण्डकी प्रदेशमा कोभिड–१९ संक्रमण निको हुनेको संख्या १२ सय १ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: