मुस्ताङको थासाङमा घर भत्किँदा नातिको मृत्यु, हजुरबुबा घाइते

Share:

मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिका–२ नाउरीकोटमा घर भत्किँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

सोमबार बिहानपख करिव ४ः३० बजे घर भत्किँदा १८ वर्षीय निशान तुलाचन मृत्यु भएको र उनका हजुरबुबा ७० वर्षीय रनप्रसाद गौचन घाइते भएका प्रहरीले जनाएको छ ।

अविरल वर्षका कारण गौचनका ढुङ्गा र माटोले बनेको २ तले कच्ची घर पूर्णरुपमा क्षति भएको छ ।बाजे नाति सुतेको अवस्थामा घर भत्किएको थियो ।

नीयवासी र प्रहरीको टोलीले घाइतेलाई उद्धार गरी उपचारका लागि लेत प्राथमिक स्वास्थ्य केन्द्रमा लगेको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: