
काठमाडौँ । सोमबार थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालयका अनुसार एक जना भारतीय र दुई जना नेपाली कोरोना संक्रमितको मृत्यु भएको हो।
वीरगञ्जको गण्डक अस्थायी कोभिड–१९ अस्पतालमा उपचारत भारत विहारका ६५ वर्षीय पुरुषको साउन ११ गते मृत्यु भएको हो। स्वास्थ्य अवस्था बिग्रँदै गएपछि साउन १० उनलाई आइसियुमा भर्ना गरिएको थियो। उनको स्वाब परीक्षणको रिपोर्ट मृत्युपछि आएको हो। रिपोर्टमा कोरोना पोजिटिभ आएको हो। उनी मधुमेहका बिरामी समेत थिए ।
यस्तै धनुषा जिल्ला सहिदनगर नगरपालिकाका ३६ वर्षीय कोरोना संक्रमित पुरुषको पनि साउन ११ मा नै मृत्यु भएको छ। उनमा ज्वरो खोकीका लक्षण देखिएका थिए। उनलाई प्रादेशिक अस्पताल जनकपुरबाट धरान लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको थियो ।
त्यसै बाराको फेटा गाउँपालिका ३ का ६० वर्षीय कोरोना संक्रमित पुरुषको पनि साउन १२ गते मृत्यु भएको छ। उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो। मन्त्रालयका अनुसार उनी निमोनिया, मिर्गौला र मस्तिष्कघातका बिरामी थिए।
यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।
