दाङमा पहिरोले घर पुरिँदा आमा–छोरीको मृत्यु

862
0
Share:

दाङ । दाङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ ।

बंगलाचुली गाउँपालिका–५ साकिनेमा देवीराम नेपालीको घर पुरिँदा २४ वर्षीया बाटुली नेपाली र उनको दुई वर्षीया छोरी आयुस्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।

निरन्तरको वर्षापछि सुतिरहेको बेला एक्कासी बुधबार विहान करिब तीन बजे आएको पहिरोमा उनीहरु पुरिएका थिए । प्रहरीका अनुसार पहिरोले घरको आधा भाग भत्किएको छ ।

कमेन्ट गर्नुहोस्
Share: