समाजवादी पार्टीकी सांसद लीला सिटौलाको शपथग्रहण आज

322
0
Share:

काठमाडौँ । जनता समाजवादीकी सांसद लिलादेवी सिटौलाले आज पद तथा गोपनीयताको शपथ लिने भएकी छन्।

सभामुख अग्निप्रसाद सापकोटाले आज दिउँसो १ बजे उनलाई शपथ गराउने बताइएको छ । संघीय संसद सचिवालयको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा शपथ ग्रहणको कार्यक्रम तय भएको हो ।

समाजवादीकी समानुपातिक तर्फकी सांसद सरिता गिरी कारबाहीमा परेपछि सिटौला निर्वाचित भएकी थिइन्।

राष्ट्रयहित विपरीत अभिव्यक्ति दिएको र पछि पार्टीकोे ‘ह्विप’ समेत नमानेका कारण गिरीलाई समाजवादी पार्टीले कारबाही गरेको थियो ।

उनले नेपालले भारतसँग नसोधेर नक्शा जारी गरेको भन्दै संसद् बैठकमै आपत्ति जनाएकी थिइन्। पछि पार्टीले लिपुलेक, लिम्पियाधुरा समेटिएको नेपालको नक्सासहितको निसान छाप बदल्नका लागि भएको संविधान संशोधनमा मतदान गर्न ह्वीप जारी समेत गरेको थियो ।नेपालको नयाँ नक्सा जारी हुँदा गिरीले पार्टीको ह्वीप उल्लंघन गर्दै मतदान प्रक्रियामा सहभागी नभइ संसद समेत बहिस्कार गरेकी थिइन् ।

त्यसपछि उनको जनस्तरबाटै चर्को आलोचना भएको थियो।

कमेन्ट गर्नुहोस्
Share: