गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण

Share:

पोखरा । गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण देखिएको छ । आज विहान प्रदेशका म्याग्दी, तनहुँ, स्याङजा र बागलुङ जिल्लाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार म्याग्दीका ३४ र ३५ वार्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै तनहुँका ३७ वर्षीय पुरुष, स्याङजाका ३५ वर्षीय पुरुष र बागलुङका २३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय ३५ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: