
काठमाडौँ । सुनको भाउले आज पनि नयाँ रेकर्ड राखेको छ । आज तोलाको ९९ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तोलामा ५ सय रुपैयाँ बढेर ९९ हजार रुपैयाँ पुगेको हो । यो भाउ अहिलेसम्मकै महंगो हो । हिजो तोलाको ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
सुनको भाउले रेकर्ड बनाए पनि चाँदीको भाउ भने आज स्थिर छ । चाँदीको भाउ आज पनि तोलाको १२ सय २५ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
