पोखराका १४ जनासहित गण्डकीमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि

Share:

पोखरा । पोखराका १४ जनासहित गण्डकी प्रदेशमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज (बिहीबार) विहान प्रदेशको कास्की जिल्लाको पोखरा, स्याङजा, बागलुङ, लमजुङ, तनहुँ र नवलपुर जिल्लाका ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार कास्कीका १४ सहित स्याङजाका ११ जना, बागलुङका ६ जना, लमजुङ र तनहुँका ३र३ जना तथा नवलपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय ७९ पुगेको छ ।

हालसम्म गण्डकीमा १ हजार २ सय ३० जना उपचार पछि निको भएको निर्देशनालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: