नेपालमा थप २७४ जनामा कोरोना पुष्टि, २२७ डिस्चार्ज

Share:

काठमाडौँ । नेपालमा थप २७४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा २७४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार सबैभन्दा धेरै पर्साका ६६ जनामा संक्रमण देखिएको छ ।

यस्तै काठमाडौँका ४१ जना, बाँकेका २० जना, बाराका १८ जना, धनुषाका १४ जना, स्याङ्जाका १२ जना, दैलेखका १० जना, सुर्खेतका ९ जना, बर्दियाका ८ जना, महोत्तरी, बाग्लुङ र नवलपुरका ६/६ जना, सर्लाही र कैलालीका ५/५ जना, झापा र धादिङका ४/४ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै प्युठान, दाङ, लम्जुङ, कास्की, तनहुँ र सल्यानका ३/३ जना, सुनसरी, उदयपुर, मोरङ, भक्तपुर, रौतहट, सप्तरी, नुवाकोट, ललितपुर, कञ्चनपुर र डडेलधुराका २/२ जना तथा नवलपरासी, चितवन, दोलखा, गोरखा, अर्घाखाँची, कपिलवस्तु, खोटाङ, रुपन्देही, मुगु, जाजरकोट र दार्चुलाका एकएक जनामा कोरोना देखिएको छ ।

यससँगै सहित नेपालमा संक्रमितको संख्या १९ हजार ५ सय ४७ जना पुगेको छ।

थप २२७ जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा नेपालमा थप २२७ जना कोरोना संक्रमणमुक्त भएका छन्। देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ ।

योसहित नेपालमा हालसम्म १४ हजार २४८ उपचारपछि निको भएका छन्। हाल ५ हजार २ सय २७ जना संक्रमितको उपचार भइरहेको छ।

पछिल्लो २४ घण्टामा ६ हजार ३०४ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ।

हाल १३ हजार २०१ जना हाल क्वारिन्टीनमा छन्। हालसम्म नेपालमा ५२ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

कमेन्ट गर्नुहोस्
Share: