विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ७२ लाख नाघ्यो, १ करोड ७७ हजार निको भए

Share:

काठमाडौँ । विश्वमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेहरुको संख्या १ करोड ७२ लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयकाअनुसार कोरोनाबाट हालसम्म विश्वभर १ करोड ७२ लाख १९ हजार ७ सय ६७ जना संक्रमित छन्।

संक्रमित मध्य १ करोड ७७ हजार ७ सय ६६ जना निको भइसकेका छन् । हालसम्म ६ लाख ७१ हजार ९ संक्रमितको भने मृत्यु भइसकेको छ ।

पछिल्लो तथ्यांकअनुसार सबैभन्दा बढी प्रभावित अमेरिकामा ४४ लाख ८७ हजार ७२ जना संक्रमित भएका छन् । त्यहाँ मृत्यु हुनेको संख्या १ लाख ५१ हजार ८ सय २६ पुगेको छ।

अमेरिका पछि ब्राजिलमा संक्रमितको संख्या २६ लाख १० हजार १ सय २ पुगेको छ भने ९१ हजार २ सय २३ संक्रमितको मृत्यु भइसकेको छ ।

तेस्रो प्रभावित भारतमा संक्रमितको संख्या १५ लाख ८२ हजार २८ पुगेको छ भने ३४ हजार ९ सय ५६ संक्रमितको मृत्यु भइसेको छ ।

यसैगरी रुसमा संक्रमित संख्या ८ लाख ३२ हजार ८ सय ९३ पुगेको छ भने १३ हजार ७ सय १८ संक्रमितको मृत्यु भइसकेको छ।

कमेन्ट गर्नुहोस्
Share: