विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ७७ लाख नाघ्यो, ६ लाख ८२ हजारको मृत्यु

Share:

काठमाडौँ । विश्वमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १ करोड ७७ लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयकाअनुसार संक्रमितको संख्या १ करोड ७७ लाख ५९ हजार ३ सय ३२ पुगेको हो। संक्रमित मध्य १ करोड ४ लाख ८४ हजार ४ सय ४२ जना निको भएका छन् भने ६ लाख ८२ हजार ८ सय ५५ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो तथ्यांकअनुसार सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ४६ लाख १७ हजार ४ सय ९४ पुगेको छ । त्यहाँ मृत्यु हुनेको संख्या १ लाख ५४ हजार ३ सय १९ पुगेको छ।

यस्तै, ब्राजिलमा संक्रमितको संख्या २७ लाख ७ हजार ८ सय ७७ पुगेको छ भने ९३ हजार ५ सय ३६ संक्रमितको मृत्यु भएको छ ।

यता भारतमा संक्रमितको संख्या १६ लाख ९५ हजार ९ सय ८८ पुगेको छ भने ३६ हजार ५ सय ११ संक्रमितको मृत्यु भइसकेको छ ।

त्यस्तै रुसमा संक्रमित संख्या ८ लाख ४३ हजार ८ सय ९० पुगेको छ भने १४ हजार ३४ संक्रमितको मृत्यु भएको छ।

कमेन्ट गर्नुहोस्
Share: