
पोखरा । कोरोना भाईरस (कोभिड १९) का कारण पत्रकारलाई परेको असर र समग्र पत्रकारिता क्षेत्रमा आएका चुनौतीवारे नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले कास्की जिल्लाबाट स्थलगत अध्ययन सुरु गरेको छ । यसका लागी नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य र महासचिव रमेश विष्ट, केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली नेतृत्वको केन्द्रीय मिसन टोली शनिवार पोखरा आईपुगेको छ ।
मिसन टोलीले यस अघि महासंघ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठको संयोजकत्वमा गठन भएको फ्रि मिडिया नेटवर्क कास्की र यहाँका संचारकर्मीहरुसँग आईतबार छलफल तथा अन्तरक्रिया गरी सुझाव संकलन गर्ने कार्यक्रम रहेको छ । पत्रकारको भौतीक सुरक्षामा सहयोग पु¥याउन, मिडियामा आएका समाचारका विषयमा समिक्षा गर्न र मानव अधिकार सुरक्षा लगाएत प्रेस स्वतन्त्रता उल्लंघनका घटनाको स्वतन्त्रतापुर्वक अनुगमन गरेर एउटा निर्णयमा पुग्नका लागी महासंघले विभिन्न सरोकारवाला निकायहरु रहेको फ्रि मिडिया नेटवर्क गठन गरेको हो । महासंघ कास्की शाखा अध्यक्ष दिपेन्द्र श्रेष्ठको संयोजकत्वमा गठित नेटवर्कमा जिल्ला बार एसोसिएन, मानव अधिकारका क्षेत्रमा कार्यरत संघ सस्था, एन जि ओ फिड्रेसन कास्की, स्थानीय जनप्रतिनिधि, जिल्ल प्रशासन कार्यालय, जिल्ल प्रहरी कार्यालय, नागरिक समाज, जिल्ला समन्वय समिति, लगाएतका संघसस्थाका अध्यक्ष तथा प्रतिनिधि सदस्य रहेका छन् ।
स्थलगत अध्ययनका लागी आएको टोलीले शनिबार कास्कीमा रहेका संपादकहरुसँग पत्रकारीताको चाूनौती र समसामयमीक विषयमा छलफल ग¥यो । छलफल कार्यक्रममा सम्वोधन गर्दै महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले सरोकारवालाहरुले दिएको सुझावका आधारमा महासंघको आगामी नीति निर्माण गरिने वताए । महासंघको जिल्ला, प्रदेश लगाएतका नेतुत्वतहवाट नै प्रेस स्वतन्त्रता लगाएतका अन्य समस्याको पहिचान गरी समाधानका लागी आवश्यक सुझाव आओस भन्ने चाहेको भन्दै उनले मिडियालाई राष्ट्रिय सेवामूलक वनाउनुपर्छ भन्ने विगत देखिको चाहना अहिले आएर पुरा भएको वडयालाई सहुलीयत पुर्ण ऋण, कर छुट, लगाएतका विषय अहिले आएर सम्वोधन भएको भन्दै उनले रायसँग पैसा मागेरै मिडिया चलाउछौं भन्न नमिल्ने बताए ।
महासचिव रमेश विष्टले मिडिया संचालकको विषयमा पनि वहस चलाउन आवश्यक रहृेको बताउदै महासंघलाई अन्तरराष्ट्रिय परम्परा अनुसार नै अगाडी बढाउनुपर्ने बताए । केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले पत्रकार महासंघ कास्कीले पत्रकारकालागी गरेको कोरोना बिमा, राहत वितरण लगाएतका कामहरु महासंघ केन्द्रकैलागी गर्वगर्न लायक भएको वताए । उनले लेखेर नै दैनिकि चलाउने पत्रकारको पहिचानगरी उनीहरुलाई लेखन वृत्ति कोष स्थापना गरी अगाडी बढ्नुपर्ने सुझाव व्यक्त गरे ।
महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभूवन पौडेलले राज्य नै कमजोर रहेको अवस्थामा मिडिया संचालकले राज्यसँग मात्र अपेक्षा गर्न नहुने बताए । महासंघ कास्की शाखाका पुर्व अध्यक्ष पुण्य पौडेलले विपदका लागी भनेर मिडिया हाउसहरुले छुट्टै कोष स्थापना गरेर अगाडी बढ्नुपर्ने गरी राज्यले नीती तय गर्नुपर्ने आवश्यकता औंल्याए ।
महासंघ कास्कीशाखा अध्यक्ष दीपेन्द्र श्रेष्ठले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा महासंघ कास्कीका पुर्व अध्यक्ष रविन्द्र बास्तोला, महासंघ कास्कीका सचिव राम तिमिल्सेना, सल्लाहकार रमेश पौडेल, महासंघ गण्डकी प्रदेसका सचिव ईन्द्र पौडेल, महासंघ कास्की उपाध्यक्ष विमला भण्डारी, वानका महासचिव दुर्गा अधिकारी, पोखरा एक्सप्रेशका जमुना शर्मा, गन्थन डटकमका दिपक के श्रेष्ठ, लगाएतले पत्रकारले भोग्नु परेका समस्या बारेमा धारणा व्यक्त गरेको थिए ।
