भारतको उत्तर प्रदेशकी क्याबिनेट मन्त्री कमला रानीको कोरोना संक्रमणबाट निधन

Share:

काठमाडौँ । भारतको उत्तर प्रदेशकी क्याबिनेट मन्त्री कमला रानी वरुणको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु भएको छ ।
उनको लखनउस्थित पीआईजी अस्पतालमा उपचारका क्रममा आज विहान निधन भएको हो ।

उनी गत जुलाई १८ मा कोरोना भाइरसबाट संक्रमित भएकी थिइन् । संक्रमण भएपछि उनलाई उपचारको लागि लखनऊको एसजीपीजीआई अस्पतालमा भर्ना गरिएको थियो ।

कमला रानी उत्तर प्रदेशकी प्रविधि शिक्षामन्त्री थिइन् । सन् २०१७ मा कानपुरको घाटमपुरको सिट जित्दै उनी यो सिटमा जित हासिल गर्ने पहिलो विधायक बनेकी थिइन् । उनी गत वर्ष मन्त्री बनेकी थिइन् ।

कमेन्ट गर्नुहोस्
Share: