कास्कीका ६ सहित गण्डकी प्रदेशमा थप २० जनामा कोरोना पुष्टि

Share:

पोखरा । कास्कीका ६ जनासहित गण्डकी प्रदेशमा थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आइतबार विहान प्रदेशको कास्की जिल्लाका ४ जना पुरुष तथा २ महिला, स्याङजाका ६ पुरुष तथा २ महिला, लमजुङका ३ पुरुष, तनहुँका २ जना पुरुष र बागलुङका १ पुरुषमा कोरोना भाइरस देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको हो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ५ पुगेको छ ।

संक्रमित मध्ये गण्डकीमा हालसम्म १ हजार २ सय ४५ जना निको भएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: