
काठमाडौँ । नेपालमा थप २४६ जनामा कोरोना भाइरस (कोमिड–१९) संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा २४६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार सबैभन्दा धेरै पर्सामा ८१ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै धनुषाका ३५ जना, काठमाडौँका २२ जना, मोरङका १६ जना, सुनसरीका १२ जना, डोटीका ११ जना, कैलाली र बर्दियाका १०/१० जना, ललितपुर र स्याङ्जाका ८/८ जना, महोत्तरी र कास्कीका ५/५ जना, नवलपुर र लम्जुङका ३/३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै तनहुँ, सर्लाही र रौतहटका २/२ जना तथा बाग्लुङ, गोरखा, भक्तपुर, चितवन, सिन्धुली, डोटी र दार्चुलाका एकरएक जनामा संक्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा संक्रमितको संख्या २० हजार ३३२ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा थप १११ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए ।
योसहित डिस्चार्ज हुनेको संख्या १४ हजार ६०३ जना रहेका छन् ।
