
काठमाडौँ । नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। वीरगञ्ज–१६ नगवाका ६८ वर्षीय महिलाको शनिबार मृत्यु भएको हो।
उनी ज्वरो, खोकी तथा स्वस प्रश्वासमा समस्या देखिएपछि साउन १४ गते वीरगञ्जस्थित नारायणी बयोदा अस्पतालको आइसियूमा भर्ना भएकी थिइन् । स्वास्थ्य अवस्था थप जटिल हुँदै गएपछि साउन १७ गते नारायणी कोभिड–१९ विशेष अस्पतालमा रिफर गरिएकोमा बाटोमा नै मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
उनको शुक्रबार पिसिआर परीक्षणको पोजेटिभ रिपोर्ट आएको थियो। पछिल्लो पटक मृत्यु भएकी महिलासँगै वीरगञ्जमा मात्रै ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
सँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ५७ जना पुगेको छ।
कमेन्ट गर्नुहोस्
