पोखराका ४ सहित गण्डकीमा थप १९ जनामा कोरोना पुष्टि

Share:

पोखरा । पोखराका ४ जनासहित गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आइतबार साँझ प्रदेशअन्तर्गत कास्की जिल्लाका २ जना पुरुष तथा २ महिला, तनहुँ, बाग्लुङ तथा गोरखाका २/२ जना र नवलपरासीका ९ जनामा कोरोना भाइरस देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको हो ।

यस अघि आइतबार विहान पनि गण्डकीमा २० जना संक्रमित थपिएका थिए ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय २४ पुगेको छ । प्रदेशमा हालसम्म १ हजार ३ सय ४ जना निको भएर घर फर्किएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: