
काठमाडौँ । भारतीय अभिनेता अमिताभ बच्चनले कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।
मुम्बईको नानावती अपस्तालबाट आइतबार उनी डिस्चार्ज भएका हुन्। असार २७ गते कोरोना पोजेटिभ देखिएपछि उनी अस्पताल भर्ना भएका थिए। पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनी डिस्चार्ज भएका हुन्।
आफू डिस्चार्ज भएको उनले ट्विटरमार्फत जानकारी गराएका छन्। अमिताभसँगै उनका छोरो अभिषेक बच्चन पनि संक्रमित भएका थिए।
उनीमा संक्रमण देखिएको केही दिनपछि बुहारी तथा अभिनेत्री ऐश्वर्या राय बच्चन र नातिनी आराध्या राय बच्चन पनि संक्रमित भएका थिए। ऐश्वर्या र आरध्या यसअघि नै डिस्चार्ज भएका थिए।
कमेन्ट गर्नुहोस्
