
जनकपुरधाम। कोरोना संक्रमणको जोखिमलाई दृष्टिगत गर्दै जनकपुरधाम उपमहानगरपालिकाभित्र सोमबार रातिदेखि निषेधाज्ञा जारी गरिएको छ ।
आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले जनकपुरधाममा सोमबार राति १२ बजेदेखि लागू हुने गरी एक सातासम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
सुरक्षा समितिले राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरू बाहेकका अन्य सेवा र स्थलमा सोमबार रातिदेखि एक सातासम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।
यसअघि प्रदेश २ को बीरगञ्ज, राजविराज र जलेश्वरमा निषेधाज्ञा जारी गरिसकिएको छ ।
कमेन्ट गर्नुहोस्
