छोराछोरीले पठाएको रकम कोरोना पिडितलाई

Share:

तनहुँ। तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ११ कालीकोट स्थायी घरभई हाल पोखरा ८ अनुपममार्गमा बस्दै आएकी खुमकुमारी थापाले आफ्नो गाउँका कोरोना पिडित दाजुभाई तथा दिदिबहिनीहरुलाई आईतबार राहत वितरण गरेकी छन् ।

वैदेशिक रोजगारको सिलसिलामा युके तथा अष्ट्रेलियामा रहेका छोराछोरीहरुले पठाएको रकमले कालीकोटका २० घर परिवारलाई राहत वितरण गरेकी हुन् । राहतमा चामल ३० केजीको १ वोरा, २ केजी दाल, २ केजी नुन, १ केजी चिनी, लुगा धुने साबुन ६ पिस, नुहाउने साबुन १ थान र चिया पत्ती १ वट्टाको दरले वितरण गरेकी हुन् ।

सोही अवसरमा शुक्लागण्डकी ११ कालीकोटमा रहेको कालीका आमा समुहलाई पनि २० हजार आर्थिक सहयोग प्रदान गरेकी थिइन् । र आमा समुहकी अध्यक्ष ज्याम कुमारी थापालगाएतको समुहलाई उक्त रकम हस्तान्तरण गरेकी थिइन् ।

वडा नंं. ११ का अध्यक्ष दलबहादुर थापाले विदेशको भूमीमा रहेर सहयोग पठाउने तथा नेपालमा रहेका सामाजिक कार्यमा सक्रिय थापा परिवारलाई आभार व्यक्त गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: