नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु

Share:

काठमाडौँ । नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। मोरङको विराटनगर–५ आदर्शटोलका ७७ वर्षीय पुरुषको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

ज्वरो आएको, श्वासप्रश्वासमा समस्या देखि पछि उनलाई सोमबार बिहान साढे ९ बजे अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका थिए। उनी मधुमेह र उच्च रक्तचापका विरामी भएको बताइएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५८ पुगेको वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: