
काठमाडौँ । नेपालमा थप २५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा २५९ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएको छ ।
यससँगै नेपालमा संक्रमितको संख्या २१ हजार ९ जना पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा थप ६५ जना कोरोना संक्रमणमुक्त भएका छन्। देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ ।
योसहित नेपालमा हालसम्म १५ हजार २६ उपचारपछि निको भएका छन्।
हाल १० हजार ४ सय ५२ जना क्वारेन्टीनमा छन्। मंगलबार ७ हजार ६ सय ८७ जनामा कोरोनाको पिसिआर परीक्षण भएको छ।
कमेन्ट गर्नुहोस्
