स्याङजाका थप ८ जनामा कोरोना संक्रमण

Share:

पोखरा । स्याङ्जामा थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

मंगलबार बेलुका स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिकाका ६ पुरुष र २ महिलामा कोरोना भाइरस देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको हो ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ४३ पुगेको छ ।

प्रदेशमा हालसम्म १ हजार ३ सय ५२ जना निको भएर घर फर्किएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: