
काठमाडौँ । देशभर आज (शुक्रबार)को मौसममा सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज देशका थोरै स्थानहरुमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ।
यस्तै राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक,दुई स्थानहरूमा ठूलो पानी पर्ने सम्भावना पनि रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।
अहिले मनसुनी न्युन चापीय रेखा नेपालभन्दा दक्षिण तर्फ अवस्थित रहेको छ।
कमेन्ट गर्नुहोस्
