
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ र ६ को सिमानामा पर्ने घारखोलाले बगाएर एक महिला बेपत्ता भएकी छिन् ।
बिहीबार साँझ घारखोलाले बगाएर अन्नपूर्ण–५ पाउद्धारकी अन्दाजी ५५/५६ वर्षकी टीकामति परियार बेपत्ता भएकी हुन् ।
घारबाट पाउद्धारतर्फ जानका लागि खोला तर्ने क्रममा बेपत्ता भएकी परियारको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
घार प्रहरी चौकीबाट खटिएका प्रहरीसहित स्थानीयवासीले खोजी गरिरहेका छन् ।
कमेन्ट गर्नुहोस्
