पोखराका थप ८ जनामा कोरोना पुष्टि

Share:

पोखरा । पोखरा महानगरका थप ८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

शुक्रबार मध्यान्ह क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पोखरा महानगर वडा नम्बर १९, १५ र ३२ का ४ महिला र ४ पुरुष गरी थप ८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा महानगरको वडा नम्बर १९ का ३ पुरुष र ३ महिला, वडा नम्बर १५ की एक महिला तथा वडा नम्बर ३२ का १ पुरुष गरी ८ जनामा कोरोना देखिएको हो ।

यस अघि आज विहान पोखराका २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ८७ पुगेको छ ।

यसैगरी गण्डकीमा कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज हुनेको संख्या १ हजार ३ सय ८३ पुगेको पनि जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: