नेपालमा थप ४६४ जनामा कोरोना पुष्टि, ४२५ संक्रमणमुक्त

Share:

काठमाडौँ । नेपालमा थप ४६४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ४६४ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ४२५ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १५ हजार ८१४ उपचारपछि निको भएका छन्।

हाल ६ हजार ३ सय ३० जना संक्रमितको नेपालमा उपचार भइरहेको छ। हाल १० हजार २ सय ७ जना क्वारेन्टीनमा छन्। शुक्रबार ७ हजार ९ सय २६ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: