धितालमा एकीकृत पाठ्यक्रमबारे प्रबोधिकरण

Share:

हेमजा । माछापुच्छ्रे गाउँपालिका ६ स्थित धितालमा आधारभूत तह अन्र्तगत कक्षा १ देखि ३ सम्मको एकीकृत पाठ्यक्रमबारे प्रवोधिकरण सुरु भएको छ।

पोखरा स्थित नेलम्बो नेपाल र वडा कार्यालयको संयुक्त आयोजना तथा माछापुच्छ्रे गाउँपालिका शिक्षा शाखाको सहयोगमा शुक्रवारबाट तीन दिने प्रवोधिकरण तालिम सुरु भएको हो।

जसमा शिक्षा शाखा प्रमुख कृष्णप्रसाद भण्डारी, शाखाका प्राविधिक सहायक विष्णुप्रसाद अधिकारी, नेलम्बोका अध्यक्ष एकदेव देवकोटा, महेन्द्र माविका प्रधानाध्यापक जगन्नाथ अधिकारी लगायतले सहजीकरण गर्ने छन् ।

उद्घाटन सत्रमा भनाई राख्दै शिक्षा शाखा प्रमुख भण्डारीले सामुदायिक विद्यालय प्रति अभिभावकको कम विश्वास रहेको उल्लेख गर्दै त्यसलाई चिर्नुपर्नेमा जोड दिए ।उनले गाउँपालिकाले ९० दिनको लकडाउन अवधिका लागि पालिका भरका कुल ४३ विद्यालयमा गृहकार्य डायरी बनाएर वितरण गरेको जानकारी पनि दिए ।

नेलम्बोका अध्यक्ष एकदेव देवकोटाले सिकेको सीप कार्यक्षेत्रमा गएर प्रयोग गर्न आग्रह गरे ।कोरोना कै कारणले कार्यक्रम ढिलो हुन पुगेको जनाउँदै अध्यक्ष देवकोटाले शिक्षा विनाको जीवन अन्धकारमय हुने औँल्याए ।

वडाध्यक्ष हरीशचन्द्र ढुङगानाले प्रशिक्षणलाई अनुभव आदानप्रदानका रुपमा लिन आग्रह गरे अहिलेको शिक्षण प्रणाली बहुमूखी हुनुपर्ने तर्क गर्दै वडाध्यक्ष ढुङगानाले सामूदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउनुपर्ने खाँचो दर्शए ।

त्यस्तै वडा सदस्य नन्दलाल गौतमले सामूदायिक र निजी विद्यालय विचको शैक्षिक खाडल कम गर्नुपर्ने उल्लेख गरे।कार्यक्रममा धितालका ६ विद्यालयका कुल १८ शिक्षकको सहभागिता छ ।

वडाअध्यक्ष ढुङगानाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वडासदस्य गौतमले स्वागत तथा गाउँपालिका शिक्षा शाखाका प्राविधिक सहायक विष्णुप्रसाद अधिकारीले कार्यक्रम संचालन गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: