पहिरोले नरायणगढ–मुग्लिन सडक अवरुद्ध

Share:

पोखरा । पहिरोले नरायणगढ–मुग्लिन सडक फेरी अवरुद्ध भएको छ ।

उक्त सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना–६ स्थित चोरखोलामा शनिबार साँझ सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो ।

अहिले पनि पहिरो झर्ने क्रम जारी रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।  पहिरो झर्ने क्रम रोकिएपछि पहिरो हटाउने काम शुरु गरिने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: