
काठमाडौँ । पछिल्लो समय निरन्तर उकालो चढ्दै गएको सुनको भाउ आज (आइतबार) ९ सय रुपैयाँ घटेको छ ।
आइतबार छापावाल सुनको भाउ ९ सय रुपैयाँले घटेर प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजाबी सुन १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भएको छ।
यसैगरी आज चाँदी भने आज ५ रुपैयाँ बढेको छ। आज १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको छ।
कमेन्ट गर्नुहोस्
