भारतीय अभिनेता अभिषेक बच्चन कोरोना मुक्त

Share:

काठमाडौँ । भारतीय अभिनेता अभिषेक बच्चन कोरोना (कोभिड–१९) संक्रमण मुक्त भएका छन्। उनको शनिबार गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएको हो।

यसबारे उनले ट्विट गर्दै जानकारी गराएका हुन् । गत असार २७ गते कोरोना पोजेटिभ देखिएपछि उनी मुम्बईको नानावती अपस्ताल भर्ना भएका थिए।

उनले उपचाररत उक्त अस्पतालका डाक्टर र नर्सलाई धन्यवाद दिएका छन्।

यसअघि उनका पिता अमिताभ बच्चनमा पनि कोरोना संक्रमण देखिएपछि सोही अस्पतालमा उपचार भएको थियो। अमिताभ निको भएर केही दिनअघि डिस्चार्ज भइसकेका छन्।

यसैगरी बच्चन परिवारमा ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या बच्चन पनि संक्रमित भएका थिए। ऐश्वर्या र आरध्या यसअघि नै डिस्चार्ज भएका थिए।

कमेन्ट गर्नुहोस्
Share: