
काठमाडौँ । विश्वमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित हुनेहरुको संख्या १ करोड ९५ लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयकाअनुसार संक्रमितको संख्या १ करोड ९५ लाख ९७ हजार २ सय ९२ पुगेको हो।
यस्तै विश्वभर कोरोना संक्रमणबाट ७ लाख २३ हजार ८ सय ५४ जनाको मृत्यु भएको छ भने १ करोड १८ लाख २३ हजार १ सय ५ उपचारपछि निको भएका छन् ।
पछिल्लो तथ्यांकअनुसार सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ४९ लाख ८९ हजार ९ सय ७६ पुगेको छ । त्यहाँ १ लाख ६२ हजार ३ सय ८१ जनाको संक्रमणबाट मृत्यु भएको छ।
यसैगरी, ब्राजिलमा संक्रमितको संख्या २९ लाख ६२ हजार ४ सय ४२ पुगेको छ । त्यहाँ ९९ हजार ५ सय ७२ को संक्रमणबाट मृत्यु भएको छ ।
भारतमा संक्रमितको संख्या २० लाख ८८ हजार ६ सय ११ पुगेको छ भने ४२ हजार ५ सय १८ को संक्रमणबाट मृत्यु भएको छ । रुसमा संक्रमितको संख्या ८ लाख ८० हजार ५ सय ६३ पुगेको छ भने १४ हजार ८ सय २७ को संक्रमणबाट मृत्यु भएको छ ।
