पोखरामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

Share:

पोखरा । पोखरामा कोरोना भाइरस (कोभिड–१९) संक्रमित एक जनाको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत कोभिड–१९ उपचार केन्द्रको आइसीयुमा उपचाररत पोखरा–१९ का ६२ वर्षीय एक पुरुषको मृत्यु भएको हो।

मधुमेहका विरामी समेत रहेका उनको प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रमा उपचारकै क्रममा गय राती ११ः३५ बजे उपचारकै क्रममा मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए । उनमा साउन १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसअघि प्रतिष्ठानमा कोरोना संक्रमणका कारण स्याङ्जाका २ पुरुषको पनि उपचारकै क्रममा मृत्यु भएको थियो। यस सँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ७४ पुगेको छ।

कमेन्ट गर्नुहोस्
Share: