नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५ पुग्यो

Share:

पोखरा। नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ । यसबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

थप २ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले आइतबार पुष्टि गरेको हो।

पर्साको विरगञ्ज महानगरपालिका–२ की २० वर्षीया महिलाको मृत्यु भएको छ । उनको नारायणी अस्थाइ कोरोना विशेष अस्पताल गण्डकमा साउन २४ गते विहान मृत्यु भएको हो ।

यस अघि आजै कास्कीमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत कोभिड–१९ उपचार केन्द्रको आइसीयुमा उपचाररत पोखरा–१९ का ६२ वर्षीय एक पुरुषको मृत्यु भएको पुष्टि भएको थियो ।

यो पनि पढ्नुहोस्ः

पोखरामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

कमेन्ट गर्नुहोस्
Share: