
काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा थप ६३८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ६३८ जनामा कोरोना रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कुल संक्रमित संख्या २३ हजार ९ सय ४८ जना पुगेको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा थप १ सय ७१ जना डिस्चार्ज भएका छन् । देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ ।
योसहित नेपालमा निको हुनेको संख्या १६ हजार ६६४ पुगेको छ ।
हाल देशभर ७ हजार २ सय १ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।
कमेन्ट गर्नुहोस्
