पोखराका ११ सहित गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना पुष्टि

Share:

पोखरा । पोखराका ११ जना सहित गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार साँझ पोखरा–९ का ५ महिला र २ पुरुष, पोखरा–१९ का ४ महिला तथा स्याङ्जाका ४ महिला र २ पुरुषमा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको हो ।

३७ वर्षकी महिलाको वडा नखुलेको भनेर ड्यास दिइएको छ । महानगर स्वास्थ महाशाखाका अनुसार उनी पनि वडा नम्बर ९ कि हुन् । सबै जना नदिपुरका संक्रमित प्रहरीका आफन्त हुन्। पोखरा महानगर स्वास्थ्य महाशाखाका अनुसार  महिलाको उमेर ५७ हुनुपर्नेमा ३७ भएको छ ।

संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यसअघि, बिहान पोखराका ४ सहित गण्डकी प्रदेशमा थप ८ जना कोरोनाका नयाँ संक्रमित थपिएका थिए ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ४८ पुगेको छ । यस्तै प्रदेशमा संक्रमण मुक्त भइ डिस्चार्ज हुनेको संख्या १ हजार ४ सय ९३ पुगेको पनि निर्देशनालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: