
पोखरा । अहिले देशका अधिकांश स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज (बुधबार) दिउँसो पनि देशभरको मौसम सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मनसुनी न्यून चापीय रेखा हाल पश्चिममा नेपाल नजिक दक्षिण तर्फ रहेको र मनसुनी गतिविधि सक्रिय भएकाले मौसम बदली भएको हो ।
प्रदेश नं ५, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा साथै प्रदेश नं १, प्रदेश नं २ र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसमविदले बताएका छन्।
यस्तै राति पनि देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाग्मती प्रदेश, प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जनाइएको छ ।
