डोटीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ३१ घाइते

Share:

डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। ३१ जना घाइते भएका छन् ।

भारतबाट आएकाहरुलाई बोकेर कैलालीको धनगढीबाट अछामतर्फ गइरहेको ना ६ ख २५२९ नं. को बस बुधवार बिहान करिब ५ः३० वजे दुर्घटना भएको हो ।

दुर्घटनामा परि ३ जनाको घटनास्थालमै मृत्यु भएको जिल्ला प्रहरी कायर्यालय डोटीले जनाएको छ। मृत्यु हुनेहरुको सनाखत भएको छैन। अन्य ३१ सबैजना घाइते भएको जनाइएको छ । घाइते सबैलाई जिल्ला अस्पताल लगिएको छ।बसमा ३४ जना सवार रहेका थिए ।

घटनाबारे थप विवरण आउन बाँकी छ।

कमेन्ट गर्नुहोस्
Share: