पोखरा वडा –२७ का अर्का कर्मचारीमा पनि कोरोना पुष्टि, बैंकका कर्मचारी र वर्कशपका कामदारमा पनि संक्रमण

Share:

पोखरा । पोखरा वडा नं २७ मा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले बुधबार बेलुका पोखराका ३ सहित गण्डकीका थप ६ जनामा कोरोना भाइरस पुष्टि भएको जानकारी दिएको थियो ।

पोखरामा थपिए तीन जना नै वडा नं. २७ का हुन् । पोखरा–२७ का ३२ र ४४ वर्षीय दुई पुरुष तथा ३१ वर्षीय एक महिलामा कोरोना देखिएको हो ।

तीन जना संक्रमित मध्ये एक जना वडाकै कर्मचारी, एक जना बैंकका कर्मचारी र एक जना वर्कशपमा कार्यरत व्यक्ति रहेको खुलेको हो ।

‘एक जना हाम्रै कर्मचारी हुन् , अर्को बैंकको कर्मचारी , अर्को एक जना तराइबाट आएका वर्कशपमा काम गर्ने भाइ रहेको भन्ने छ’ , वडाध्यक्ष पूर्ण बहादुर गुरुङले भने ।

यसैगरी बुधबार बेलुका गण्डकी प्रदेश अन्तर्गत तनहुँको भिमाद– ६ का ३९ वर्षीय पुरुष तथा नवलपुर कावासोती १७ का ४१ वर्षीय पुरुष र वडा नखुलेका २७ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ५६ पुगेकोे निर्देशनालयले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: