मौसमः देशभर बदली, केही स्थानमा ठूलो पानी पर्ने

343
0
Share:

काठमाडौँ । देशभरको मौसम बिहीबार सामन्यतया बदली भई धेरै स्थानमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम पानी पर्ने जनाइएको छ । गण्डकी प्रदेश, प्रदेश नम्बर ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा ठूलो पानी पर्ने समेत सम्भावना रहेको छ ।

यस्तै राति पनि देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम पानी पर्नेछ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेकोेछ ।

मनसुनी न्यून चापीय रेखा पश्चिममा नेपाल नजिक दक्षिण तर्फ रहेका छ।

कमेन्ट गर्नुहोस्
Share: