गृह मन्त्रालयद्वारा आजदेखि सवारी पास बन्द गर्ने निर्णय

Share:

काठमाडौँ । गृह मन्त्रालयले आजदेखि सवारी पास बन्द गर्ने निर्णय गरेको छ।

मन्त्रालयले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि आजदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि सवारी पास बन्द गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ।

कोरोनाको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै सवारी पास बन्द गरेको गृह मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको विवरण अनुसार नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको छ भने ९१ जनाको मृत्यु पुष्टि भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: