पोखराको मिलनटोलमा जुवाखालबाट १७ जुवाडे पक्राउ

Share:

पोखरा । पोखरामा जुवा खेल्दै खेलाउँदै गरेको अवस्थामा १७ जना पक्राउ परेका छन् ।

बुधबार पोखरा–१० मिलनटोल बस्ने बर्ष ५० की ज्ञानु हमालको डेराकोठामा अबैध रुपमा जुवा खेल्दै खेलाउँदै गरेको अवस्थामा प्रहरीले १७ जनालाई १ लाख नगद सहित पक्राउ गरेको हो ।

उक्त स्थानबाट प्रहरीले २ सय २४ पत्ती, एउटा हरियो कम्बल र रातो सेतो रंगको एउटा गलैंचा पनि बरामद गरेको जनाइएको छ ।

प्रहरीका अनुसार घटनामा पक्राउ पर्नेमा ८ पुरुष र ९ महिला रहेका छन् । गोप्य सुचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर (जुवा) अन्तर्गत जिल्ला प्रशासन कार्यालय कास्कीबाट ७ दिन म्याद थप गरि थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: