
पोखरा । पोखराका एक जना सहित गण्डकी प्रदेशका थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहीबार साँझ क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पीसीआर परीक्षणमा प्रदेशका चार जिल्लाका चार जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
निर्देशनालयका अनुसार कास्कीको पोखरा–२६ का ४९ बर्षीय पुरुष सहित लमजुङको सुन्दर बजार नगरपालिकाका ३२ बर्षीय पुरुष, पर्वत पैयुँ गाउँपालिका–७ का २० बर्षीय पुरुष र नवलपुर गैंडाकोट नगरपालिका–२ का २५ बर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण देखिएकोे हो ।
संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ६० पुगेको छ ।
कमेन्ट गर्नुहोस्
