कास्कीमा सिभिल ईन्जिनियर मृत भेटिए

Share:

पोखरा । कास्कीमा एक सिभिल ईन्जिनियर मृत अवस्थामा भेटिएका छन् ।

मादि गाउँपालिका–२ सेती खोला स्थित नामार्जुन हाईड्रोपावरमा सिभिल ईन्जिनियर पदमा कार्यरत अन्दाजी ३६ वर्षीय अमित पन्त शुक्रबार मृत भेटिएको प्रहरीले जनाएको छ ।

गोरखा पालुङटार नगरपालिका घर भएका पन्त बिहीबार राति करिब ८ः४५ बजे खाजा खान अफिस बाहिर हिडेकोमा बपत्ता भएका थिए । सम्पर्कमा नआएपछि खोजि गर्दा शुक्रबार करिब मध्यन्ह १२ बजे मादी–२ क्युरोखोलामा मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: