बागलुङमा ७ वर्षीय बालक मृत फेला

Share:

बागलुङ । बागलुङमा ७ वर्षीय बालक मृत फेला परेका छन् ।

बिहीबार बागलुङ तमानखोला गाँउपालिका ५ खुङ्गाका तिलक श्रीपालीका छोरा विवस श्रीपाली मृत फेला परेको प्रहरीले जनाएको छ ।

विवस यही साउन १२ गते आफ्नै घरबाट निस्की हिडेकोमा बेपत्ता भएका थिए । सोही दिनदेखि खोजतलास गर्दै जाने क्रममा हिजो बिहीबार तमानखोला–१ नयाँबन जंगलमा मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: