नेपालमा थप ५९४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २५ हजार नाघ्यो

Share:

काठमाडौँ । नेपालमा थप ५९४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ५९४ जनामा कोरोना रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार ५५१ जना पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या ७ हजार ९ सय १३ रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप २४० जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १७ हजार ७७ उपचारपछि निको भएका छन्।

हाल ७ हजार ९ सय १३ जना आइसोलेसनमा रहेका छन् । त्यस्तै ४ जना भेन्टिलेटरमा तथा ९८ जना आइसीयूमा रहेका छन् । क्वारेन्टीमा १४ हजार ६ सय ३८ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा ११ हजार ५ सय ७५ जनाको पिसिआर परीक्षण भएको छ।

कमेन्ट गर्नुहोस्
Share: