
काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा बाराका दुई जना तथा सिराहा र मोरङका एकएक जना गरी ४ जनाको मृत्यु पुष्टि भएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका हुन् ।
यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ ।
नेपालमा हालसम्म २५ हजार ५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्य १७ हजार ७७ जना उपचारपछि निको भएका छन्।
कमेन्ट गर्नुहोस्
