पोखरामा फेरी थपिए ८ जना कोरोना सङ्क्रमित

Share:

 पोखरा । पोखराका थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिबार विहान पोखराका ५ वटा वडाका थप ८ जना पुरुषमा कोरोना भाइरस देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको हो ।

पोखरा महानगरका वडा नं. १ का २५/२५ वर्षीका २ पुरुष, वडा नं. १० का १८ वर्षीय पुरुष, वडा नं. १४ का ३१ र ३२ वर्षका २ पुरुष, वडा नं. १७ का ४० वर्षीय पुरुष तथा वडा नं. २७ का १८ र ३० वर्षका २ पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले गण्डकीले जनाएको छ ।

यसअघि आजै पोखराका ३ जना सहित गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय पुगेको छ ।

 

कमेन्ट गर्नुहोस्
Share: